Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

निर्माण सम्पन्न हुने चरणमा ङादी जलविद्युत् आयोजना

निर्माण सम्पन्न हुने चरणमा ङादी जलविद्युत् आयोजना

लमजुङ, ५ कात्तिक । पहाडी जिल्ला लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा निर्माणाधीन ङादी जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन उक्त आयोजनाको निर्माण ९३ प्रतिशतभन्दा बढी पूरा भएको जनसम्पर्क अधिकृत विजय गुरुङले बताएका छन् ।
३० मेगावाट क्षमताको सो आयोजना आगामी ६ महीनाभित्र सक्ने लक्ष्यका साथ धमाधम काम अघि बढाइएको छ । यतिबेला आयोजनाको विद्युत्गृह र बाँधस्थल निर्माण करीब अन्तिम चरणमा पुगेको छ । त्यस्तै आयोजनाबाट साढे ९ किलोमिटर टाढा ट्रान्समिसन लाइन जोड्नका लागि निर्माण भइरहेको आयोजनाले बताएको छ । पेनस्टक पाइप लाइनको काम करीब सकिएर इलेक्ट्रोनिक केही काम बाँकी रहेको आयोजनाले बताएको छ ।
आयोजनामा आवश्यक केही यन्त्र नेपाल भारतका सिमानामा रोकिएका कारण निर्माणमा केही समस्या आए पनि केही दिनमा त्यहाँ रोकिएका सामग्री आइपुग्ने आयोजनाले बताएको छ । २०७३ चैतदेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो ।
उक्त सम्झौतानुसार गत चैतमा आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो । विविध कारणले निर्माणमा ढिलाइ भइरहेका बेला लकडाउनले समेत आयोजनालाई प्रभाव बनाएकाले लम्बिन पुगेको छ । सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिने आयोजनाले बताएको छ । करीब ६ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् रू. साढे ४ अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा रू. ४.८० र सुक्खायामका लागि रू. ८.४० मा विद्युत् खरीद सम्झौता (पिपिए) गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x