Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

मुलुककै ठूलो सबस्टेशन निर्माण सम्पन्न, तत्कालका लागि ८५० मेगावाट आयातनिर्यात गर्न सकिने

मुलुककै ठूलो सबस्टेशन निर्माण सम्पन्न, तत्कालका लागि ८५० मेगावाट आयातनिर्यात गर्न सकिने

काठमाडौं, ७ कात्तिक । महोत्तरीको ढल्केबरमा मुलुकको हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशन निर्माण सम्पन्न भएँगै नो लोडमा चार्ज गरिएको छ । कुल ४०० केभी क्षमताको सो सबस्टेशन बुधवार साँझदेखि नो लोडमा चार्ज भएको बताइएको छ । तत्कालका लागि नो लोडमा सबस्टेशन चार्ज गरिए पनि अब भने विद्युत् लोड दिएर चार्ज गर्ने र सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी रहेको राससमा उल्लेख छ ।
आर्थिक वर्ष २०७४÷७५ मा बोलपत्र प्रक्रिया शुरू गरी करिब अढाई वर्षमा सो आयोजना सम्पन्न भएको हो । प्राधिकरणले गत असारमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि कोरोनाको कहरका कारण आयोजना सम्पन्न हुन केही ढिलाइ भएको हो ।
नेपाल सरकारको लगानी, प्राधिकरणका इन्जिनीयरको डिजाइन र प्राधिकरणकै स्वामित्वमा रहेको एनइए इन्जिनीयरिङ कम्पनीको परामर्शमा उक्त आयोजना सम्पन्न भएको छ । ढल्केबर सबस्टेशन आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार देशकै सबैभन्दा ठूलो पावर हवको काम सम्पन्न भएको छ ।
उच्च क्षमताको हाई भोल्टेज टेस्टिङ मेसिन केरुङ नाकाबाट करिब तीन महिनासम्म छुटाउन नसक्दा समयमा चार्ज हुन सकेको थिएन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी कूटनीतिक पहल गरेर केरुङमा रहेको उपकरण आयोजनास्थल पु¥याइएको थियो ।
उक्त सबस्टेशनबाट कुल १ हजार २०० मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिनेछ । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङका अनुसार उक्त प्रसारण लाइन र सबस्टेशनको क्षमता १ हजार २०० मेगावाट बराबरको भए पनि तत्कालका लागि भने ८५० मेगावाट मात्रै आयातनिर्यात गर्न सकिन्छ । प्राधिकरणका अनुसार सो सबस्टेशनको क्षमता ९४५ एमभीए रहेको छ । नेपालभित्रको पूर्वपश्चिम प्रसारण लाइन ४०० केभीमा चार्ज भएपछि मात्रै १ हजार २०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x