Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सगरमाथा इन्स्योरेन्सले पहिलो त्रैमासमा ५ करोड ५६ लाख नाफा कमायो

सगरमाथा इन्स्योरेन्सले पहिलो त्रैमासमा ५ करोड ५६ लाख नाफा कमायो

काठमाडौं, ४ मंसिर । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ५ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा १० प्रतिशत बढी हो । सो अवधिमा ५ करोड १ लाख रुपैयाँ नाफा गरेको थियो ।

चालू वर्षको पहिलो त्रैमासमा कम्पनीको आम्दानी ९ प्रतिशतले वृद्धि भएकाले छ । कम्पनीले जगेडा कोषमा ५५ करोड २० लाख रुपैयाँ सञ्चित गरेको छ । पहिलो त्रैमासमा कम्पनीको बीमा कोषमा ६५ करोड ९२ लाख रुपैयाँ जम्मा गरेको छ । यो कोष गत वर्षको पहिलो त्रैमासको तुलनामा ३४ प्रतिशतले बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x