Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोभिड महामारीले विश्वको कर्जा स्तर नयाँ उचाइमा, वर्षको अन्त्यमा २ हजार ७७ खर्ब डलर पुग्ने

कोभिड महामारीले विश्वको कर्जा स्तर नयाँ उचाइमा, वर्षको अन्त्यमा २ हजार ७७ खर्ब डलर पुग्ने

लन्डन, ८ मंसिर । कोभिड–१९ महामारीका विश्वकै अर्थतन्त्र सुस्ताइरहेका बेला विश्व कर्जा समेत उच्च स्तरमा पुगेको छ । इन्ष्टिच्युट फर इन्टरनेशनल फाइनान्स (आईआईएफ)को पछिल्लो तथ्यांक यस्तो देखाएको हो । उक्त संस्थाको प्रतिवेदन अनुसार हाल विश्वको कर्जा २ हजार ७२ खर्ब डलरमा पुगेको छ ।
आगामी दिनमा विश्वको कर्जा अझै बढ्दै जाने चेतावनी दिँदै आईआईएफले यस वर्षको अन्त्यसम्ममा यो २ हजार ७७ खर्ब डलरको कीर्तिमानी उचाइमा पुग्ने बताएको छ, जुन जीडीपीको अनुपातमा ३६५ प्रतिशत हुनेछ ।
कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएका कम्पनी र आम जनतालाई राहत दिन विश्वभरका सरकारले आर्थिक सहयोगका गतिविधि तीव्र बनाइरहेकै बेलामा विश्वको कर्जा चुलिएको हो । महामारीबीच घरमै बस्नुपर्ने अवस्थाले आम जनजीवन प्रभावित बन्न पुगेको छ भने आर्थिक, व्यावसायिक तथा औद्योगिक गतिविधि सुस्ताउँदा उद्योगी व्यवसायी वैकल्पिक लगानीको खोजीमा छन् । उक्त परिस्थितिमा कर्जा लिने क्रम र कर्जाको भार समेत बढेको छ ।
यस्तै यस वर्षको प्रथम त्रैमासिक अवधिमा विश्वको कर्जा भार १५० खर्ब डलरले बढेर २ हजार ७२० खर्ब पुगेको आईआईएफले आफ्नो पछिल्लो ग्लोबल डेब्ट मनिटर शीर्षकको प्रतिवेदनमा उल्लेख गरेको छ । एजेन्सी

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x