Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

महालक्ष्मी विकास बैंकले ‘कर्पोरेट पे’ प्रणाली सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले ‘कर्पोरेट पे’ प्रणाली सञ्चालन गर्ने

काठमाडौं, २६ मंसिर । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणाली सञ्चालन गर्ने भएको छ । यसका लागि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग बिहीबार सम्झौता गरेको छ ।
बैंकले व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याटफर्ममार्फत बैंकमा नगई आफैले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सकिनेछ । उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आइएपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।
कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी स्वीकृति लगायतका आवश्यक प्रकृया पूरा गरेर बैंकबाट सो सेवा प्राप्त गर्न सक्नेछन् । यसपछि प्रयोगकर्ताहरु आफैले तोकिएको सिमा कारोबारभित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता विना नै गर्न सक्ने बताइएको छ ।
उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंक लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृतसागर शर्मा र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । यस प्रणालीको प्रयोगले बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने विश्वास बैंकले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x