Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ सेवाको शुरुवात

ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ सेवाको शुरुवात

काठमाडौं, २८ मंसिर । ग्लोबल आइएमई बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराइन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका सिमालचौरमा र पाँचथर जिल्ला याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप ६ वटा शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २३८ पुगेको छ ।
बंंंैकले तेह्र थुम जिल्ला फेदाप गाउँपालिका वडा नं. ०२, ओयाकजुङमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा श्रीमतीचन्द्र कला ढकाल, धनुषा जिल्ला नगराइन नगरपालिका वडा नं ०४ फुलगामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा श्रीमान राजकुमार शाह, दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नं. ०७ दुल्लु बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा श्रीमन दामोदर उपाध्याय, दैलेख जिल्ला भैरवीगाउँ पालिका ०५, दादिमाडी बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा श्रीमान बखतबहादुर शाही, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका वडा नं. ०२ सिमालचौरमा खोलिएको शाखा रहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा श्रीमान होमनाथ खरालर पाँचथर जिल्लायाङवरक गाउँपालिका वडा नं. ०१ गणेश चोक माखोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा श्रीमान् घनेन्द्र काफ्लेलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, यूटीएल, एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखा रहित बैंकिङ सेवा शुरू गरेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजसव संकलन काउण्टर, २३८ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फतआफ्ना २१ लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x