Date

शुक्र, कार्तिक १४, २०८२
Fri, October 31, 2025

लक्ष्मी बैंकद्वारा डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न भिडियो प्रतियोगिता

लक्ष्मी बैंकद्वारा डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न भिडियो प्रतियोगिता

काठमाडौं, १३ पुस । लक्ष्मी बैंकले माई मोबाइल मनी भिडियो प्रतियोगिताको घोषणा गरेको छ । बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत डिजिट बैंकिङ्गका विशेषता र लाभबारेमा जनचेतना जगाउने उद्देश्यले उक्त प्रतियोगिता घोषणा गरेको हो ।

यसमा सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयीलाई ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ।

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न बैंकले यसअघि डेविट कार्डको डिजाइन प्रतियोगिता समेत आयोजना गरेको थियो । उक्त प्रतियोगितामा सहभागिहरुबाट प्राप्त सुझावहरुलाई समेटेर डेविट कार्डको डिजाइनमा समावेश गरेको बैंकले जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *