Date

बिहि, माघ ३, २०८१
Thu, January 16, 2025

शेयर बजार ५.५७ अंक बढ्दा परिसूचक २०१२.८९ विन्दुमा

शेयर बजार ५.५७ अंक बढ्दा परिसूचक २०१२.८९ विन्दुमा

काठमाडौं, १४ पुस । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से परिसूचक ५.५७ अंक वृद्धि भई २०१२.८९ विन्दुमा रोकिएको छ । आज २०९ कम्पनीको ८० लाख १ हजार ३१४ कित्ता शेयर ४ अर्ब ९ करोड २२ लाख रुपैयाँमा खरिद विक्री भएको हो । आज नेप्से परिसूचक उतारचडापका बीच २०३१.४८ विन्दुसम्म उक्लिएको थियो ।

त्यस्तै आज नागरिक लगानी कोष र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । नागरिक लगानी कोषको शेयर मुल्य ९.९९ प्रतिशत र नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य ९.८९ प्रतिशतले वृद्धि भएको छ । नागरिक लगानी कोषको शेयर मूल्य ३ हजार ६२ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्यको शेयर खदिर विक्री नविल बैंक लिमिटेडको भएको छ । यो बैंकको ५३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो बैंकको शेयर मूल्य १ हजार ८६ रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका १२ समूहमध्ये ४ समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा जीवन बीमा समूह ०.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४ प्रतिशत, अन्य समूह ३.२९ प्रतिशत र लघुवित्त समूह ०.३६ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x