Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

सवारीसाधनको आयात घट्दा वीरगञ्ज भन्सारको राजस्व संकलन प्रभावित

सवारीसाधनको आयात घट्दा वीरगञ्ज भन्सारको राजस्व संकलन प्रभावित

वीरगञ्ज, १७ पुस । कोभिड महामारीका कारण नेपालमा भारतलगायत तेस्रो मुलुकबाट हुने सवारीसाधनको आयात घटेको छ । गत आवको तुलनामा चालू आवमा सवारीसाधन आयातमा कमी आउँदा वीरगञ्ज भन्सारको राजस्व संकलन समेत प्रभावित भएको छ ।
कोरोना संक्रमणको कारण सीमानाका लामो समयदेखि बन्द रहेकाले गत वर्षमा जस्तो सवारीसाधन आयात हुन नसक्दा चालु आवको मङ्सिरसम्मको राजस्व लक्ष्य भेट्टाउन नसकिएको भन्सार अधिकृत शैलेन्द्र अधिकारीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
भन्सार विभागले चालू आवमा वीरगञ्ज भन्सार कार्यालयलाई रू. एक खर्ब ७१ अर्ब राजस्व उठाउने लक्ष्य दिएको छ । यस्तै मङ्सिर महिनासम्म रू. ६५ अर्ब २५ करोड ५५ लाख राजस्व उठाउने लक्ष्य दिएकोमा लक्ष्यभन्दा ११ प्रतिशत कम अर्थात् रू. ५८ अर्ब १५ करोड ८९ लाख मात्र राजस्व उठाउन सकेको छ ।
कार्यालयका अनुसार चालू आवको मङ्सिर महिनासम्ममा वीरगञ्ज नाका भएर रू. तीन अर्ब २९ करोड मूल्य बराबरको ३७ हजार ६७१ थान मोटरसाइकल र रू. दुई अर्ब ८२ करोड मूल्य बराबरको दुई हजार ५७४ थान जीप, कार र भ्यान आयात भएको छ । गत आवको सोही अवधिमा रू. चार अर्ब १२ करोड मूल्य बराबरको चार हजार २५१ थान विभिन्न प्रकारका सवारीसाधन आयात भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *