नायब सुब्बामा ८४३ जनाका लागि जागिर खुल्यो
काठमाडौं, २९ पुस । लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि ८ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले नायब सुब्बातर्फ अप्राविधिक पदका लागि विज्ञापन खुलाएको हो ।
खुल्लाबाट ४ सय ११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४ सय ३२ जना पदपूर्ति गरिने आयोगले जनाएको छ । आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत्आवेदन दिनुपर्नेछ ।
विज्ञापन हेर्न यहाँ क्लिन गर्नुहोस् nasu_advt_Open