Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : तोकिएको समयमै सक्नेगरी काम अघि बढ्दै

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : तोकिएको समयमै सक्नेगरी काम अघि बढ्दै

काठमाडौं, ७ माघ । कोभिड–१९ का कारण निर्माणमा केही ढिलाइ भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग तोकिएकै समय (आगामी ४२ महिना)मा सक्नेगरी काम अघि बढाइएको छ । आयोजनाका अनुसार निर्माणलाई तीव्रता दिन दुई सिफ्टमा काम भइरहेको छ । सुरुङमार्ग निर्माणको जिम्मा हाज्मा आन्दो कर्पोरेसनले पाएको छ ।

उक्त सुरुङमार्गको कुल लम्बाइ २.७ किलोमिटर छ, जसमध्ये चालू आर्थिक वर्षमा एक किलोमिटर निर्माण गर्ने लक्ष्य छ ।

बिहान ७ देखि साँझ ७ बजेसम्म एउटा सिफ्ट र साँझ ७ देखि बिहान ७ बजेसम्म अर्को सिफ्टमा काम भइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

हाल सुरुङमार्गमा २०–२२ जना जापानी र ३०० जना नेपालीले काम गरिरहेका छन् । यो आवमा वैदशिक लगानीको सडकजस्तै यो सडकमा प्रगति कम भएको सडक विभागले बताएको छ ।

यही माघ २ गतेदेखि सुरुङमार्गको काठमाडौंतर्फ नैकाप नजीकै अन्डरपास बनाउन जग खन्ने काम समेत शुरू भएको छ । नैकापबाट अगाडि जाने सडकलाई ओभरपास गरेर सुरुङलाई अन्डरपास गरिने योजना छ ।

गत वर्ष असोजमा कम्पनीको सडक विभागसँग ४२ महीनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । जापान सहयोग नियोग (जाइका)को ‘सफ्ट लोन’ मा सुरुङको निर्माण गर्ने गरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x