Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

वीरगञ्ज नाकाबाट निर्यातमा सुधार

वीरगञ्ज नाकाबाट निर्यातमा सुधार

वीरगञ्ज, ७ माघ । वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने आयातमा कमी आएको छ भने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने मालवस्तुको आयातमा ११ प्रतिशतले कमी आएको छ भने भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि पुससम्मको अवधिमा वीरगञ्ज नाका प्रयोग गरी दुई खर्ब ३८ अर्ब ८५ करोडभन्दा बढी मूल्यको विभिन्न माल वस्तु आयात भएको थियो । चालू आवको सोही अवधिमा २८ अर्ब ४७ करोड कम अर्थात् दुई खर्ब तीन अर्बभन्दा बढी मूल्यको विभिन्न माल वस्तु आयात भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको राससमा उल्लेख छ ।

त्यसै आव २०७६÷७७ को साउनदेखि पुससम्मको ६ महिनामा वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ भएको निर्यातको तुलनामा चालु आवको सोही अवधिमा एक अर्ब १२ करोडभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ । गत आवको पहिलो ६ महिनामा वीरगञ्ज नाका प्रयोग गरी १८ अर्ब ४१ करोड ५१ लाख मूल्य बराबरको विभिन्न वस्तु निकासी भएकोमा चालु आवको सोही अवधिमा १९ अर्ब ५३ करोड ९० लाख मूल्य बराबरको माल वस्तु निकासी भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x