सुन र चाँदीकै मूल्य घट्यो
काठमाडौं, १४ माघ । स्थनीय बजारमा बुधबार (आज) सुनको मूल्यमा ७०० रुपैयाँ घटेको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँ घटेर १ हजार २५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।