Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

दोस्रो त्रैमासमा नेपाल बैंकको नाफा १ अर्ब ३५ करोड

दोस्रो त्रैमासमा नेपाल बैंकको नाफा १ अर्ब ३५ करोड

काठमाडौं, १४ माघ । नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकद्वारा प्रकाशित वित्तीय विवरण अनुसार नाफा गत वर्षको भन्दा ०.१४ प्रतिशतले कम हो ।

यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने ६७ करोड ८२ लाख रुपैयाँ छ ।

यस्तै यो अवधीमा बैंकको सञ्चालन नाफा १७.९६ प्रतिशतले बढेको छ। सञ्चालन मुनाफा २ अर्ब ४ करोड ६२ लाख रुपैयाँ गरेको छ । बैंकको खराब कर्जा २.८८ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानीमा ६ रुपैयाँ २ पैसाले घटेर २१ रुपैयाँ ३७ पैसामा झरेको छ । यसकोे प्रतिसेयर नेटवर्थ भने २ सय ५३ रुपैयाँ १८ पैसा छ ।

निक्षेप संकलन १ खर्ब ४८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ छ भने कर्जा लगानी १ खर्ब १६ अर्ब ६१ करोड ६ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x