Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

पौदी सेभ सोसाइटीद्वारा क्यान्सर पीडितलाई ४ लाख सहयोग हस्तान्तरण

पौदी सेभ सोसाइटीद्वारा क्यान्सर पीडितलाई ४ लाख सहयोग हस्तान्तरण

काठमाडौं, १४ माघ । पौदी सेभ सोसाइटीले राजधानीमा एक कार्यक्रम आयोजना गरी क्यान्सर पीडित कालिका केसीको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरेको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर १ बाङगेकी क्यान्सर रोगबाट पीडित कालिका केसीलाई सोसाइटीले सहयोग रकम हस्तान्तरण गरेको हो ।

कालिका केसी लामो समय देखि भरतपुर क्यान्सर अस्पतालमा उपचारत छिन् । पौदी सेभ सोसाइटीको आह्वानमा संकलित ४ लाख ४ हजार रुपैयाँ रकम पौदी सेभ सोसाइटीका केन्द्रीय अध्यक्ष सन्तोष गिरी, उपाध्यक्ष रामप्रसाद भुसाल र कोषाध्यक्ष सुर्य खाती क्षेत्रीको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

पौदी सेभ सोसाइटीको आह्वानमा जापानबाट सहयोग रकम जुटाउन पौदी सेभ सोसाईटीका संयोजक कृष्ण खत्री क्षेत्री, संस्थाका जापान शाखाका अध्यक्ष धनिसोर अर्याल उपाध्यक्ष अम्मंर गिरी, सचिव डिलराम पोखरेल, लोकनाथ घिमिरे, बिष्णुकुमार गिरीले विशेष भुमिका खेल्नु भएको थियो । विसं २०७४ सालमा स्थापना भएको पौदी सेभ सोसाइटीले असहायहरुको आर्थिक सहयोगमा समन्वय गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *