कृष्णपाउरोटी र गैह्रिधारा चोकमा नयाँ ट्राफिक लाईट जडान
काठमाडौं, १५ माघ । काठमाडौं कृष्णपाउरोटी चोक र गैह्रिधारामा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले कृष्ण पाउरोटी चोकमा प्राईमकम र्सियल बैंक लिमिटेड र गैह्रीधारामा सनराइज बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो ।
नयाँ जडान गरिएको कृष्णपाउरोटी चोकको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र प्राईम बैंकका एसिसटेन्ट जेनरल मेनेजर अनिता प्रधानले संयुक्त उद्घाटन गरे भने गैह्रिधाराको ट्राफिक लाईटको महाशाखा प्रमुख भट्टराई र सन्राइज बैंकका सिईओ जनक शर्मा पौडेलले उद्घाटन गरे ।
काठमाडौं उपत्यकामा भइरहेको चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको छ । ट्राफिक व्यवस्थापनलाई प्रबिधि तर्फलग्ने प्रयासरत अभियान अन्तर्गत सहयोग गरेको बैंकले जनाएको छ।
हालसम्म उपत्यकाको मुख्य मुख्य ३० वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ।