Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १ सय १७ औं स्थानमा

नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १ सय १७ औं स्थानमा

काठमाडौं, १५ माघ । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार नेपालमा भ्रष्टाचार झन बढेको छ। १ सय ८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १ सय १७ औं स्थानमा छ ।

गत वर्ष यस सूचीमा नेपाल ३४ अंकका साथ १ सय १३ औं स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गरेको छ । सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्ष नेपालले १०० अंकमा ३३ अंकमात्र प्राप्त गरेको छ ।

विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकांकसहितको रिपोर्ट तयार पारिएको हो ।

सूचकांकमा समावेश १ सय ८० देशमध्ये डेनमार्क र न्युजील्याण्ड कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् । साउथ सुडान र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन् ।

यस्तै दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अंक प्राप्त गरी २४ औं स्थानमा, मालदिभ्स ४३ अंक प्राप्त गरी ७५ औं स्थानमा, भारत ४० अंक प्राप्त गरी ८६ औं स्थानमा, श्रीलंका ३८ अंक प्राप्त गरी ९४ औं स्थानमा, पाकिस्तान ३१ अंक प्राप्त गरी १ सय २४ औं स्थानमा, बंगलादेश २६ अंक प्राप्त गरी १ सय ४६ औं स्थानमा र अफगानिस्तान १९ अंक प्राप्त गरी १ सय ६५ औं स्थानमा रहेका छ भने चीन ४२ अंक प्राप्त गरी ७८ औं स्थानमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x