Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, १५ माघ । यो साताको अन्तिम कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से १६.५२ अंकले घटेर २४२५.२९ विन्दुमा झरेको छ ।

कारोबारमा आएका १२ समूह मध्ये ३ वटा समूहको उपसूचक बढेपनि बाँकी अरु सबै घटेको छ। निर्जीवन बीमा, माइक्रोफाइनान्स र उत्पादन तथा प्रशोधन समूहको उपसूचक घटेको छ ।

परिसूचक घटेको यो दिन २ सय ९ कम्पनीको ९ अर्ब ६१ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ। हिजो ८ अर्ब ६२ लाखको मात्र कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै सूर्योदय लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् । यो कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले बढेको छ । त्यस्तै सिद्धार्थ इक्यूटी फन्डको लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् । यसको शेयर मूल्य भने ६.७८ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै शेयर कारोबार भने नेपाल लाइफ इन्स्योरेन्सको छ । यस कम्पनीको ५६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । इन्स्योरेन्सको आजको शेयर मूल्य प्रतिकित्ता २४ सय ११ रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x