प्रभु लाइफद्वारा ५० लाख मृत्यु दाबी भुक्तानी
काठमाडौं, १८ माघ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले महोत्तरी हतिसर्वाका सुरेश प्रसाद यादवको परिवारलाई ५० लाख मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले माघ १६ गतेका दिन काठमाडौं कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा दाबी भुक्तानी बापत ५० लाख रुपैयाँको चेक निजकी श्रीमती अनुराधा कुमारी यादवलाई हस्तान्तरण गरेको हो ।
यादवले प्रभु लाइफमा जीवन बीमा गराएका थिए ।