दुई वर्षभित्र विकासशील, २१०० सालसम्ममा मध्यम आय हुने मुलुकमा स्तरोन्नति हुने लक्ष्य
काठमाडौं, २० माघ । सरकारले आगामी दुर्ई वर्षभित्र अर्थात् २०७९ सालसम्ममा सालसम्ममा मुलुकलाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने र २१०० सालसम्ममा मध्यम आय हुने मुलुकको सूचीमा उक्लने लक्ष्य तय गरेको छ । प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको बैठकले २०७९ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्यसहितको अवधारणापत्र पारित गरेको हो ।
अहिले नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हाराहारीमा रहेकोमा यसलाई बढाएर आगामी दुई वर्ष अवधिमा १ हजार ४०० अमेरिकी डलर पु¥याउने लक्ष्य समेत राखिएको छ ।
आयोगका अनुसार दीर्घकालीन सोचमा तीन चरणमा मुलुकमा विकासको गतिलाई तीव्र बनाउँदै चालू १५औं योजनाको अवधिमा समृद्धि र सुखको आधार तयार पार्ने, १६औं र १७औं योजनाको अवधिमा समृद्धि र सुखको गतिलाई तीव्र बनाउने, १८औं र १९औं योजनाको अवधिमा समृद्धि र सुखको दिगोपना हासिल गर्ने योजना छ ।
यसैगरी २१०० सालसम्ममा सम्ममा प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डलर पु¥याउँदै मध्यम आय भएको मुलुकको सूचीमा उक्लिने लक्ष्य लिइएको छ ।
सरकारले नेपालीको प्रतिव्यक्ति आय १२ गुणा बढाउन आर्थिक वृद्धिदर वार्षिक १०.५ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । २१०० सालसम्ममा मुलुकमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या शून्यमा झार्ने, बहुआयामिक गरिबी दरलाई ३ प्रतिशतमा झार्ने लक्ष्य समेत दीर्घकालीन सोच अनुसार निर्धारण गरिएका छन् ।