Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से परिसूचक २५६१ बिन्दुमा

नेप्से परिसूचक २५६१ बिन्दुमा

काठमाडौं, २६ माघ । यो साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा बृद्धि भएको छ। सोमबार नेप्से ३७.४८ अंकले बढेर २५६१.४७ बिन्दुमा पुगेको छ । नेप्सेको यो बिन्दु हालसम्मकै उच्च हो ।

हिजो पनि नेप्सेमा ४८.७४ अंकले वृद्धि भएको थियो ।

सोमबार बढेको बजारमा २ सय ५ कम्पनीको ९ अर्ब ९८ करोड रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ। त्यसमा प्रभु बैंक र नविल बैंकको सबैभन्दा धेरै शेयर कारोबार भएको छ। प्रभुको ५६ करोड र नविलको ३२ करोड रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

सबैभन्दा धेरै कमाउनेमा भने ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु छन् । कम्पनीको शेयर मूल्यमा ९.९२ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका मध्ये ट्रेडिङ, हाइड्रोपावर, माइक्रोफाइनान्स, उत्पादन र निर्जीवन बीमा समूहको उपसूचक घटेको छ भने बाँकी अरु सबै बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x