Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

पर्यटन क्षेत्र उकास्न रणनीतिक कार्यक्रम अघि बढाइँदै

पर्यटन क्षेत्र उकास्न रणनीतिक कार्यक्रम अघि बढाइँदै

काठमाडौं, ७ फागुन । कोभिड–१९ महामारीबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सरोकारवालासँगको छलफल तथा साझेदारीमा रणनीतिक कार्यक्रम अघि बढाइने भएको छ । कोभिडबाट प्रभावित बनेको पर्यटन क्षेत्र चलायमान प्रवद्र्धनका नेपाल पर्यटन बोर्डले तत्कालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

कोभिडको अवधिमा भएका काम र आगामी प्रवद्र्धनका कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्दै बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटकीय तथ्यांक व्यवस्थापन, आन्तरिक गन्तब्यको प्रवद्र्धन, डिजिटल माकेर्टिङका साथै कोभिड सामान्य भएपछि अन्तर्राष्ट्रिय गन्तव्यमा गरिने प्रवद्र्धनका योजना कार्यक्रमको तयारीमा बोर्ड जुटेको बताए ।

कोभिडविरुद्धको खोप नेपालमा समेत आइसकेको अवस्थामा नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश सँगसँगै आन्तरिक पर्यटन प्रर्वद्धनका कार्यक्रमका माध्यमबाट कोभिडले थलिएको पर्यटनलाई चलायमान बनाउन रणनीतिक योजनाका साथ बोर्ड अघि बढेको रेग्मीको भनाइ छ ।

बदलिँदो परिस्थतिमा नेपालको पर्यटनलाई सबै सिजनको पर्यटनका रूपमा विकास गर्न, पर्यटकको बसाई अवधि र खर्च बढाउन बोर्डले योजनाबद्ध कार्यक्रम अघि बढाएको छ । यसमा नेपालको पर्यटनमा नयाँ पूर्वाधारको विकास, विस्तार तथा क्षेत्रगतरुपमा हिमाल आरोहण तथा पदयात्रा, पहाडमा हिल स्टेशनसहितको पर्यटकीय केन्द्र र तराईमा क्यासिनोसहितका पर्यटकीय पूर्वाधार तथा गतिविधि विस्तार गर्नुपर्ने निष्कर्षसहित सोहीअनुसारको अवधारणा तय गरी काम अगाडि बढाइएको बोर्डले बताएको छ ।

पर्यटन प्रवद्र्धनका लागि बोर्डले पहिलो तीन महीना विश्व समुदायलाई नेपाल खुला छ भन्ने सन्देश प्रवाह गर्ने, दोस्रो तीनदेखि छ महिनामा पर्यटन क्षेत्रले आफूलाई पूर्णरूपमा तयार राख्ने र ६ महिनापछि पुरानै अवस्थामा फर्किने गरी रणनीति बनाउनेतर्फ बोर्डले सरोकारवालासँगको सहकार्यमा आवश्यक काम गरिरहेको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x