Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

बिहीबार नेप्से परिसूचक ४५ अंक घटेर बन्द

बिहीबार नेप्से परिसूचक ४५ अंक घटेर बन्द

काठमाडौं, १३ फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४४.९४ अंक घटेर बन्द भएको छ । आज बजार घटेसँगै नेप्से परिसूचक २५५४.१३ विन्दुमा रोकिएको छ । हिजोको तुलनामा सेन्सेटिभ इन्डेक्स १.८१ प्रतिशतले घटेको छ । आज बजार खुलेदेखि नै ओरालो लागेको थियो । २६२२ बाट खुलेको बजार २५५४ मा गएर बन्द भएको छ ।

आज २०६ कम्पनीको १ करोड ५८ लाख ५६ लाख १७१ कित्ता शेयर ६ अर्ब ९ करोड ८१ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज कारोबारमा आएका सबै समूहको परिसूचक राताम्य भएको छ ।

बिहीबार सर्वाधिक शेयर मूल्य वृद्धि चन्द्रागिरि हिल्स लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य ९.९१ प्रतिशतले वृद्धि भएको छ । आज यो कम्पनीको प्रतिकित्ता शेयर मूल्य ३७७ रुपैयाँ कायम भएको छ ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल इन्फ्राइस्टक्चर बैंक लिमिटेडको भएको छ । यो कम्पनीको ९० करोड ३५ लाख रुपैयाँभन्दा बढीको शेयर खदिर विक्री भएको छ । यो कम्पनीको अन्तिम शेयर मूल्य ५४३ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x