सुन तोलाको ८६ हजार छ सय पुग्यो
काठमाडौं, १ चैत । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोलामा ८६ हजार दुई रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर प्रतितोलामा ८६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन प्रतितोलामा ८६ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आइतबार स्थिर छ। महासंघका अनुसार चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।