माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा
काठमाडौं, १ चैत । ग्लोबल बिजनेस ग्रुप अन्र्तगतको शंकर इन्टरनेसनल प्रा.लि.ले माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा भित्र्याएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रम गर्दै ग्लोबल बिजनेस ग्रुपले नेपालको लागि शंकर इन्टरनेसनल प्रा.लि.एक मात्र आधिकारिक विक्रेता भएको बताएको छ । नेपाली बजारमा अहिले माइक्रोम्याक्स इन नोट–१ सेरिजका दुइओटा भेरिएन्ट उपलब्ध छन् ।
६.६७ इञ्च डिसप्ले र हेलियो जी–८५ गेमिङ्ग प्रोसेसर जडित उक्त फोन दैनिक उपयोगको लागि मात्र नभएर गेमिङ्गको लागि पनि उत्कृष्ट फोन भएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । इन नोट–१ को दुईओटै फोनमा व्याक क्यामेरा ४८ मेगा पिक्सेल रहेको छ भने फ्रन्ट क्यामेरा १६ पिक्सेल रहेको छ । ४ जीबी र्याम ६४ जीबी रोम भएको इन नोटको बजार मुल्य १९,९९० रहेको छ भने ४ जीबी र्याम, १२८ जीबी रोम भएको इन नोट–१को बजार मुल्य २१,४९० रहेको छ ।
कम्पनीका बिजनेस हेड प्रतिक सवार्थियाले माइक्रोम्यास मोबाइल चाँडै नै नेपाली बजारमा उत्कृष्ट ब्राण्डमा दरिने विश्वास व्यक्त गरेका छन् । भारतमा राम्रो बजार हिस्सा ओगटेको माइक्रोम्याक्सले नेपाल भर चाँडै नै आफ्ना आउटलेट अनि सर्भिस सेन्टरको विस्तार गर्ने पनि बताएको छ ।