Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

७१ प्रतिशतले बढ्यो वैदेशिक सहायता प्रतिबद्धता

७१ प्रतिशतले बढ्यो वैदेशिक सहायता प्रतिबद्धता

काठमाडौं, ७ चैत । चालू आर्थिक वर्षको ७ महिनामा सरकारलाई प्राप्त भएको वैदेशिक सहायता प्रतिबद्धता रकम बढेको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारलाई कुल १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको अन्तरर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.५ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो ७ महिनामा सरकारलाई १ खर्ब ९ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको थियो ।

चालू आर्थिक वर्षको माघ महिनासम्ममा आएको कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये अनुदान सहायता ९.७ प्रतिशत र ऋण सहायता ९०.३ प्रतिशत रहेको छ । यस्तै कुल वैदेशिक सहायतामध्ये द्विपक्षीय सहायता ३.३ प्रतिशत र बहुपक्षीय सहायता ९६.७ प्रतिशत रहेको छ ।

कुल वैदेशिक प्रतिबद्धतामा सडक तथा सुशासन क्षेत्रमा सबैभन्दा बढी २८.८ प्रतिशत रहेको छ । यस्तै ऊर्जा क्षेत्रमा २४.६ प्रतिशत र बजेटरी सहायताको रूपमा १२.६ प्रतिशत प्राप्त भएको छ । सोही अवधिमा सरकारले ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको अनुदान र २५ अर्ब ३९ करोड रुपैयाँ बराबरको ऋण गरी कुल ३२ अर्ब ८५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्राप्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x