Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

नेप्से २४ अंकले घट्यो, कारोबार ५ अर्ब ३५ करोड मात्रै

नेप्से २४ अंकले घट्यो, कारोबार ५ अर्ब ३५ करोड मात्रै

काठमाडौं, ९ चैत । शेयर बजार परिसूचक नेप्से सोमबार भने घटेको छ। सोमबार नेप्से २४.०८ अंकले घटेर २५१४.३९ को विन्दुमा झरेको छ ।

सोमबार कारोबारमा आएका १३ वटा समूह मध्ये होटल तथा पर्यटन र हाइड्रोपावर बाहेक बाँकी अरु सबै समूहको सूचकमा गिरावट आएको छ । होटल तथा पर्यटन र हाइड्रोमा क्रमशः ३.४७ र ४.७९ प्रतिशतको बृद्धि छ ।

यस्तै परिसूचक घटेको दिन कारोबार रकम आइतबारको तुलनामा घटेको छ । सोमबार २११ कम्पनीको ५ अर्ब ३५ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आइतबार ५ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको थियो ।

सबैभन्दा धेरै शेयर कारोबार भने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको भएको छ। यस कम्पनीको ४६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै सो दिन सबैभन्दा धेरै कमाउनेमा पनि माथिल्लो तामाकोशी जलविद्युत आयोजनकै लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२६ रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x