Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरको लिलामी खुला

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरको लिलामी खुला

काठमाडौं, २३ चैत । ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी खुला भएको छ । बैंकले ८१ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

खरिदका लागि न्यूनतम ३ सय रुपैयाँ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने जनाइएको छ। शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

बैशाख २६ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने छ । न्यूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *