Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निषेधाज्ञाको प्रभावले ह्वात्तै घट्यो आन्तरिक उडान

निषेधाज्ञाको प्रभावले ह्वात्तै घट्यो आन्तरिक उडान

काठमाडौं, १८ वैशाख । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ । निषेधाज्ञाको दोस्रो दिन शुक्रवार ७७ उडान भएको विमानस्थल कार्यालयले बताएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार आज शनिवार आन्तरिक उडान थप घट्नेछ । शनिवारका लागि ६५ उडान निर्धारण गरिएको महाप्रबन्धक तिवारीले बताए ।

निषेधाज्ञा शुरू भएको पहिलो दिन बिहिबार विमानस्थलमा आन्तरिकतर्फ कुल २०८ उडानमार्फत आठ हजार २६९ यात्रुले हवाई यात्रा गरेका छन् । यीमध्ये काठमाडौंबाट पाँच हजार ४५३ हवाई यात्रु बाहिरिएका छन् भने दुई हजार ८१६ हवाई यात्रु काठमाडौं भित्रिएका विमानस्थलले जनाएको छ ।

निषेधाज्ञाको अघिल्लो दिन सर्वाधिक १४९ उडानमार्फत १५ हजार २६३ यात्रुले सेवा लिएका थिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x