Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

महामारीकै बीच सगरमाथामा हालसम्मकै बढी आरोही

महामारीकै बीच सगरमाथामा हालसम्मकै बढी आरोही

काठमाडौं, १८ वैशाख । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सर्वोच्च शिखर सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले शुक्रवार जारी गरेको हिमाल आरोहणको परमिटमा सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूह छन् ।

सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका ४०८ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले बताएको छ । यसमा ९३ महिला र ३१५ पुरुष छन् । यो संख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए ।

विभागका अनुसार सगरमाथाका ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १४ आरोही समूह छन् । धौलागिरिमा पाँच र अन्नपूर्ण हिमालमा चार आरोही समूहले आरोहण अनुमति पाएका छन् ।

वसन्त यामको हिमाल आरोहणबाट हालसम्म ७१ करोड ४८ लाखभन्दा बढी रोयल्टी संकलन भएकोे छ । सगरमाथाबाट मात्रै ६६ करोडभन्दा बढी रोयल्टी संकलन भएको छ । कोभिड–१९ महामारीकाबीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x