डेटा पूँजीवादतर्फ अघि बढ्दै विश्व
सुरेन्द्र पाण्डे
पूर्व अर्थमन्त्री
आज विश्वका जति पनि विकसित र धनाढ्य राष्ट्रहरू छन्, तीमध्ये अधिकांश प्राकृति स्रोत, खानी खनिजको परिचालनबाट धनी भएका हुन् । कतिपय शक्तिशाली राष्ट्रहरूले उपनिवेश जमाएरै विश्वभर खानी, खनिज र प्राकृतिक स्रोत साधन आफ्नो मुलुकको विकासमा उपयोग गरे । सन् १९६० मा संयुक्त राष्ट्र संघको महासभाले औपनिवेशीकरणको अन्त्यका लागि विशेष समिति निर्माण ग¥यो र त्यसले क्रमशः बेलायती, फ्रान्सेली, स्पेनीश र रूसी, चिनियाँ र अरबिक उपनिवेशहरू अन्त्य भए ।
त्यसपछि पनि उपनिवेशका नयाँ रूप शुरू भए । अफ्रिकामा चिनियाँ ऋण कूटनीतिलाई त्यही साधनस्रोत, खानीखनिजका लागि भनेर पश्चिमाहरूले आलोचना पनि गर्छन् । स्वीट क्रुड आयल (उच्च गुणस्तरको तेलखानी) भएका पश्चिम एशियाका राष्ट्रहरूमा अमेरिकी दमनका विषय चर्चामा आइरहन्छन् ।
प्रविधिको चामत्कारिक विकाससँगै प्राकृतिक स्रोत, खानी तथा खनिजका लागि भइरहेको द्वन्द्व अब डेटातर्फ सरेको छ । हिजो पेट्रोलियमको माइनिङ भनेजस्तो अब डेटाको माइनिङ, मेटा डेटा÷बिग डेटाको अवधारणा शुरू भएको छ । अबको भविष्य भनेको जोसँग डेटा छ, व्यवसाय पनि उसैको कब्जामा हुनेछ भन्ने अवस्थातिर विश्व गइरहेको छ । संसारका ठूला टेक कम्पनीहरू डेटामा प्रभुत्वका लागि प्रतिस्पर्धारत छन् । देशहरूबीचको प्रतिस्पर्धा पनि यसैमा देखिन्छ । व्यवसाय र उत्पादनका कारकमध्ये अब डेटा नै प्रमुख आधार भएको छ । असली अर्थमा अब विश्वमा डेटा पूँजीवाद हावी हुँदै गएको छ ।
आज तपाईं हामीले प्रयोग गर्ने स्मार्टफोनमा प्रयोग हुने एप्लिकेसनहरू, तिनको आर्टिफिसियल इन्टेलिजेन्सले हरेक व्यक्तिको रुचि, आवश्यकतालाई पहिचान गरेर सोही अनुसारका उत्पादन तयार गर्न र उत्पादकलाई सघाउँछ । बजारको अभिरुचि, कुनै पनि वस्तु वा सेवाको बजारको आकार, विस्तारको सम्भावनाबारे अनुसन्धान गर्न सहज भएको छ । मानव समुदाय यस्ता प्रविधिप्रति यति अभिशप्त भइसकेको छ कि यो हाम्रो जीवनको अभिन्न अंग नै बन्न पुगेको छ ।
डेटाको सञ्चयबाट ठूला कर्पोरेटहरू निरन्तर धनी बन्दै छन् र देश–देशबीचको अन्तर पनि चुलिँदै छ । त्यसकारण पनि हिजो प्राकृतिक स्रोत÷खानी तथा खनिजको माइनिङ गरेर देशहरू धनी भए भने आज डेटा माइनिङले उनीहरू धनी भइरहेका छन् । विश्व अर्थतन्त्र विगतको जस्तो वस्तु आधारितबाट ज्ञान आधारित (नलेज–बेस्ड)तर्फ मोडिएको छ ।
जर्मन इन्जिनियर तथा अर्थशास्त्री क्लाउस मार्टिन स्वाबले सन् २०१६ मा स्विट्जरल्यान्डको डाभोसमा भएको विश्व आर्थिक सम्मेलनमा ‘फोर्थ इन्डस्ट्रियल रिभोलुसन’ अर्थात् चौथो चरणको औद्योगिक क्रान्ति शुरू भएको उल्लेख गरेका थिए । यो चरणको औद्योगिक क्रान्तिमा नयाँ प्रविधिहरूद्वारा भौतिक, डिजिटल र जैविक विश्वलाई फ्युजन गरी अर्थतन्त्र तथा उद्योगको क्षेत्रमा मात्र होइन, मानवजाति सर्वश्रेष्ठ हो भन्ने तथ्यलाई नै चुनौती दिन सक्ने परिस्थिति निर्माण भएको उल्लेख गरेका छन् ।
सन् १९५० देखि कम्प्युटरको विकासपछि मेशिन युगमा ठूलो रूपान्तरण आयो । कम्प्युटर प्रणाली अर्थात् अल्गोरिदममा आधारित भएर कतिपय काम गर्न सकिने भएपछि यसले म्यानुअल गर्नुपर्ने कतिपय कामहरू स्वचालित रूपमा गर्न सम्भव भएको हो । अठारौं शताब्दीमा वाष्प इन्जिनपछि कम्बस्टन इन्जिन, त्यसपछि विद्युतीय प्रविधि हुँदै आज कृत्रिम चेत÷बुद्धि (आर्टिफिसियल इन्टिलिजेन्स)को प्रयोगले ठूलो रूपान्तरण ल्याएको छ । अठारौं शताब्दीमा स्टीम (वाष्प) इन्जिन आविष्कार हुँदा तत्कालीन समयमा जति रूपान्तरणकारी मानिएको थियो, त्यो जत्तिकै अहिले दिन दुगुणा, रात चौगुणा विकास भइरहेको प्रविधिको विकास अझै रूपान्तरणकारी मानिएको छ ।
सन् १९६० मा अमेरिकी रक्षा विभागले विकास गरेको इन्टरनेट कम्प्युटर सञ्जाललाई जोड्ने विश्व प्रणाली बनेको छ । इन्टरनेटले शुरूदेखि अन्तसम्म अर्थात् सर्भरदेखि ग्राहक र ग्राहकदेखि सर्भरसम्म वा ग्राहकदेखि ग्राहकसम्म डेटा सूचना प्रवाह गर्छ । यसलाई सूचना वाहन वा महामार्ग पनि भनिन्छ । सन् १९८९ मा एक ब्रिटिश कम्प्युटर वैज्ञानिक टिम बर्नर्स–लीले विश्वव्यापी सञ्जालको अवधारणा अघि सारे । सन् १९९० को दशकको अन्तदेखि इन्टरनेटको तीव्र प्रयोगसँगै कम्प्युटरको गणना गर्ने क्षमता पनि ह्वात्तै बढ्यो । यसै पृष्ठभूमिमा सन् १९९९ मा आधिकारिक रूपमा ‘इन्टरनेट अफ थिङ्स’को अवधारणा देखाप¥यो । मेशिन युगको उत्कर्ष र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)मा आधारित चौथो औद्योगिक क्रान्तिको खास पूर्वाधार तत्व पनि यही हो ।
यतिबेला हामीले जति पनि डिजिटल सेवाहरू प्रयोग गरेका छौं । एक हिसाबले भन्ने हो भने सर्भेलेन्स पूँजीवाद अर्थात् निगरानी पूँजीवादको बन्धकजस्ता भएका छौं ।
सन् २००८ मा उत्तर अमेरिकाका तीन वैज्ञानिकले एआईको विकासमा उच्च फड्को मार्दै डिप लर्निङ अल्गोरिदमको विकास गरे । अल्गोरिदमले ठूलो मात्रामा डेटाको अध्ययन विश्लेषण गर्न, मानिसले जस्तै निर्णय गर्न वा भविष्यवाणी गर्न सक्छ । यस्तो एआईले वा मेसिन लर्निङले भाषाको अनुवाद, व्यक्तिको स्वर पहिचान, सडक र मानव व्यवहारको डेटा अध्ययन गरी रोबोटद्वारा चालकरहित गाडी चलाउनेजस्ता काम सम्भव भएको छ । जहाज निर्माता बोइङ लगायत कम्पनीहरू रोबोटलाई जहाज उडाउने काममा पनि प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्दै छन् । साथै अहिले बैंकको स्वरूपलाई परिवर्तन गर्न मात्र होइन, डिजिटल मुद्राले नोट र सिक्कालाई विस्थापन गर्न र कारोबारको सूचनालाई केन्द्रीकृत गर्न सकिनेछ । सन् २०३० मा पुग्दा एआईले मात्र विश्वको गार्हस्थ्य उत्पादनमा १६ ट्रिलियन अमेरिकी डलर वृद्धि हुने अनुमान गरिएको छ ।
यतिबेला हामीले जति पनि डिजिटल सेवाहरू प्रयोग गरेका छौं । एक हिसाबले भन्ने हो भने सर्भेलेन्स पूँजीवाद अर्थात् निगरानी पूँजीवादको बन्धकजस्ता भएका छौं । सर्भेलेन्स पूँजीवादको अर्को रूप राजनीतिक अभियान या चुनावलाई समेत प्रभाव पार्न प्रयोग भएका छन् । ‘द ग्रेट ह्याक’ डकुमेन्ट्री फिल्ममा क्याम्ब्रिज एनालिटिक नामक कम्पनीले फेसबुकलाई प्रयोग गरी सन् २०१६ को अमेरिकाको राष्ट्रपति चुनावलाई प्रभावित गरेको देखाइएको छ । सो विवादका कारण फेसबुकले नोभेम्बर, २०२० भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मितिभन्दा एक हप्ता अगाडिदेखि राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा गरेको थियो । सन् २०१० देखि २०१२ सम्मको अरब विद्रोह र २०१८ को फ्रान्सको ‘यल्लो भेस्टस् मुभमेन्ट’ समेत सामाजिक सञ्जालको भूमिकाका कारण शक्तिशाली बनेका थिए ।
डेटा पूँजीवाद
वर्तमान पूँजीवादको मूल चरित्र डेटा पूँजीवाद रहेको छ । विगतमा कल्पना नै गर्न नसकिने व्यवसाय डेटाकै कारण सम्भव भएको छ । जस्तो संसारकै सबैभन्दा ठूलो क्याब (राइड) सेवा प्रदायक उबरको स्वामित्वमा कुनै ट्याक्सी छैन । एयर बीएनबी संसारकै ठूलो अकोमोडेसन सेवा प्रदायक भएको छ, उसको कुनै रियल इस्टेट प्रोपर्टी नै छैन । भर्चुअल करेन्सी बिटक्वाइनको बढ्दो प्रयोग, अमेजन, अलिबाबाजस्ता ई–कमर्श प्लेटफर्महरूको उदयसँगै संसारको व्यापारको एउटा ठूलो हिस्सा ई–कमर्शमार्फत हुन थालेको छ । त्यसकारण बिग डेटाको विकास, कम्प्युटरको गणना गर्ने क्षमतामा गुणात्मक फड्को, एआईको विकास एवं जैविक रासायनिक र जैविक प्राविधिक क्षेत्रमा देखिएको फड्कोका कारण अबको सामाजिक–आर्थिक रूपान्तरणको स्वरूप विगतको भन्दा नितान्त भएको हामीले महसुस गरेका छौं । अल्गोरिदमको प्रयोगबाट मानिसका जैविक रासायनिक डेटाहरूको विश्लेषण गरी मानिसले के सोच्दै छन् र उनीहरूभित्र कस्तो संवेदना प्रकट भएको छ, कस्ता रोगहरू देखापर्दै छन् वा पर्न सक्छन् भन्ने शुरूमै थाहा पाउन सकिने हुँदा कैयौं रोगको उपचार सहज र सम्भव हुने कुराजस्ता कैयौं सकारात्मक पक्ष पनि छन् ।
यो २१ औं शताब्दीको पूँजीवादको मुख्य रूप डेटाको संकलन, खरिद–विक्री (विशेष रूपले निजी डेटाको खरिद–विक्री) बन्न पुगेको छ । डेटाको सञ्चयबाट ठूला कर्पोरेटहरू निरन्तर धनी बन्दै छन् र देश–देशबीचको अन्तर पनि चुलिँदै छ । त्यसकारण पनि हिजो प्राकृतिक स्रोतको माइनिङ गरेर देशहरू धनी भए भने आज डेटा माइनिङले उनीहरू धनी भइरहेका छन् । विश्व अर्थतन्त्र विगतको जस्तो वस्तु आधारितबाट ज्ञान आधारित (नलेज–बेस्ड)तर्फ मोडिएको छ । पहिला धनको मुख्य स्रोत भौतिक सम्पत्ति, सुनखानी, जमिन, तेलका कुवा आदिलाई मानिन्थ्यो । जमिन, सुनका खानी र तेलका कुवा लडाइँबाट जित्ने र कैयौं देशमा उपनिवेश खडा गरिन्थ्यो । तर अहिले ज्ञानद्वारा आधिपत्य कायम गर्ने होडमा देशहरू अघि बढेका छन् । तिनीहरू डेटालाई नियन्त्रण गर्ने होडमा छन् । आजको अमेरिका र चीनबीचको व्यापारयुद्धको चुरो प्रश्न सूचना, प्रविधि र ज्ञानमाथि कसले कसलाई उछिन्ने भन्ने रहेको छ ।
यो २१ औं शताब्दीको पूँजीवादको मुख्य रूप डेटाको संकलन, खरिद–विक्री (विशेष रूपले निजी डेटाको खरिद–विक्री) बन्न पुगेको छ । डेटाको सञ्चयबाट ठूला कर्पोरेटहरू निरन्तर धनी बन्दै छन् र देश–देशबीचको अन्तर पनि चुलिँदै छ ।
डेटा र प्रविधिमा आएको यो क्रान्तिले गर्दा सडकमा चालकरहित गाडी वा रोबोटले गाडी चलाउने, डाक्टरका रूपमा अपरेसन गर्ने, सुरक्षा गार्डको काम गर्ने, घरको सफा गर्ने, होटल–रेस्टुराँमा वेटरको काम गर्ने, पढाउने, सामान विक्री गर्ने, उद्योग, व्यापार, कृषिलगायत अनेकौं क्षेत्रमा रोबोट र एआईको प्रयोगका कारण थुपै पेसा र कामदारको पेसा जोखिममा परेको छ वा पर्नेछ । इनटुइट नामक संस्थाको अनुमानमा सन् २०२० सम्ममा संयुक्त राज्य अमेरिकामा मात्र १० देखि ५० प्रतिशत कामहरू जोखिममा पर्नेछन् । ४० प्रतिशत कामदार स्वतन्त्र ठेकेदार हुनेछन् । त्यहाँ गिग अर्थतन्त्र (अस्थायी काम तथा कामदारहरू रहने व्यवस्था) सामान्य बन्नेछ । कम्पनीहरूले कामदारलाई केवल छोटो अवधिका लागि मात्र काममा भर्ती गर्नेछन् । प्रविधिको क्षेत्रमा नेपालकै उदाहरण हेर्ने हो भने एउटा कम्पनीको अधिकतम ‘जब रिटेन्सन’ २ वर्ष छ । यो जति परिवर्तित छ, नयाँ प्रविधिसँग आफूलाई अभ्यस्त गर्दै लैजानुपर्छ ।
प्रविधिको विकासले जीवन जति सरल र सहज बनेको छ, यसले चुनौती पनि त्यत्तिकै खडा गरेको छ । प्रविधिका कारण रोजगार प्रतिस्थापन दर उच्च छ । यसले बेरोजगारी समस्या बढाउँदै लगेको छ । अर्कोतर्फ, डेटाको गोपनीयता र सुरक्षाका सवालहरू छन् । त्यसकारण नेपालले विश्वमा विकसित यो घटनाक्रम र भविष्यको समेत अनुमानका आधारमा यसको गहिरो र संवेदनशील ढंगले अध्ययन गरी आपूmलाई अघि बढाउनुपर्छ । सरकार, राजनीतिक दलहरू, प्रशासनयन्त्र, सुरक्षा अंग, शैक्षिक क्षेत्रको रूपान्तरणका लागि सबैभन्दा पहिले हाम्रो शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ । विकसित मुलुकहरूमा प्रतिभाहरू विकास गर्न र बजार तथा समयको माग अनुसारका जनशक्ति तयार गर्न शिक्षा प्रणालीमा समयानुकूल सुधार गरिन्छ । तर दुनियाँ कहाँ पुगिसक्यो, हामी पुरानै सोच र ढर्राबाट हाम्रो शिक्षा प्रणाली अघि बढाइरहेका छौं । यो शिक्षा प्रणाली उत्पादनमूलक र व्यावहारिक छैन । सबैभन्दा पहिले परिवर्तनको शुरुवात शिक्षाबाटै गरौं ।