Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

हकप्रद निष्कासन गर्न अपि पावरको बुक क्लोज

हकप्रद निष्कासन गर्न अपि पावरको बुक क्लोज

काठमाडौं, २२ वैशाख । अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न वैशाख २९ गते बुधबार एक दिन बुक क्लोज गर्ने भएको छ । वैशाख २१ गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २९ गते हकप्रद निष्कासनका लागि एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

कम्पनीलाई चुक्ता पूँजीको १ः०.२९३८ को अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले वैशाख २० गते चलानी नं. १५८५ को पत्रमार्फत स्वीकृति दिएको थियो ।
योसँगै कम्पनीको शेयर वैशाख २८ गतेसम्म खरिद गर्नेले प्रतिकित्ता १०० रुपैयाँमा हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x