Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल बैंकको ऋणपत्र निष्कासन

नेपाल बैंकको ऋणपत्र निष्कासन

काठमाडौं, २२ वैशाख । नेपाल बैंक ऋणपत्र आजदेखि सार्वजनिक निष्कासन भएको छ। बैंकको ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामको १० अवधिको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।

कुल कित्ता ऋणपत्रमध्य १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ भने १ लाख कित्ता बैंकले विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ । सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमध्यबाट ५ प्रतिशतको १५ हजार कित्ता सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरिएको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

सो ऋणपत्र खरीदका लागि छिटोमा वैशाख २६ गतेसम्ममा आवेदन दिन सकिनेछ । ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x