Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुलुकबाट निकासी हुने प्रमुख १० वस्तु, निर्यात व्यापारमा कुनको हिस्सा कति ?

मुलुकबाट निकासी हुने प्रमुख १० वस्तु, निर्यात व्यापारमा कुनको हिस्सा कति ?

काठमाडौं, २२ वैशाख । कोरोना महामारीकै बीच चालू आर्थिक वर्षमा मुलुकको निर्यात उत्साहजन रहेको पाइयो । भन्सार विभाग र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको ९ महिनामा नेपालबाट भएको वस्तु निर्यात गत आवको सोही अवधिको तुलनामा २०.२ प्रतिशतले बढेको छ । जब कि गत आर्थिक वर्षको चैत मसान्तसम्ममको अघिल्लो आवको तुलनामा १२.९ प्रतिशत मात्र वृद्धि भएको थियो ।

चालू आवको चैतसम्ममा मुलुकबाट भएको निर्यातले कुल वैदेशिक व्यापारको ७.९ प्रतिशत हिस्सा ओगटेको छ । सो अवधिमा निकासी हुने वस्तुको अग्रस्थानमा भने भटमासको तेल रहेको छ, जसले कुल निकासीको ३०.४० प्रतिशत ओगटेको छ ।

निकासी हुने वस्तुको दोस्रो स्थानमा रहेको यार्न (धागो) रहेको छ, जसको कुल निकासीमा ६.१८ प्रतिशत हिस्सा रहेको छ । यसैगरी तेस्रो स्थानमा रहेको अलैंचीले ६ प्रतिशत र चौथो स्थानमा रहेको जुट तथा जुट प्रडक्टले ५.७८ प्रतिशत हिस्सा ओगटेका छन् ।

नेपालबाट निकासी हुने प्रमुख वस्तुमा जुट तथा जुट प्रडक्टपछि ऊनीका कार्पेट रहेको छ, जुन ५ अर्ब ३८ करोडभन्दा बढीको निर्यात हुँदा कुल निकासीको ५.६९ प्रतिशत ओगटेको छ । छैटौं स्थानमा तयारी कपडाको निर्यात रहेको छ । कुल निकासीमा यसको हिस्सा ४.४२ प्रतिशत रहेको छ । निकासीको सातौं, आठौं नवौं र दशौं स्थानमा चिया, फेल्ट, जुस र अन्य कपडा रहेका छन्, जसले निर्यात व्यापारमा क्रमशः ३.२४ प्रतिशत, ३.२१ प्रतिशत, ३.०१ प्रतिशत र २.६५ प्रतिशत आगेटेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x