प्रभु सेलेक्ट फण्डको इकाई विक्री खुला
काठमाडौं, ५ जेठ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट पण्डले आजदेखि १० करोड इकाई विक्री खुला गरेको छ । यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरको कुल इकाईमध्ये ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन गरेको हो ।
कुल इकाईमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकका लागि र १० लाख कित्ता योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखेको छ । यो इकाई खरिदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम ८ करोड ५० लाख इकाईसम्मका लागि आवेदन गर्न सकिनेछ । छिटोमा जेठ ९ गते र उक्त अवधिसम्म माग बमोजिम आवेदन प्राप्त नभएमा ढिलो अवधि जेठ १५ गतेसम्म यो इकाई विक्रीमा रहनेछ ।
यसको निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।