एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाइ अनलाइनबाटै खरिद गर्न सकिने
काठमाडौं, ७ जेठ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाइनबाटै किन्न सकिने भएको छ । हाल जारी भएको निषेधाज्ञाको समयमा लगानीकर्तालाई सहज रुपमा खरिद गर्न सक्ने सुविधाका लागि एनआईसी एशिया क्यापिटलले सो व्यवस्था गरेको हो ।
एनआईसी एशिया क्यापिटलको वेबसाइटमा गएर ‘युनिट प्रचेज’मा रीतपूर्वक विवरण भरेर उक्त योजनाको इकाइ खरिद गर्न सकिनेछ । इकाइ खरिद गरे बापतको रकम भुक्तानी एनआईसी एशिया बैंकको अनलाइन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेटमार्फत गर्न सकिने क्यापिटलले जानकारी दिएको छ ।