Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

वीरगञ्ज भन्सारद्वारा लक्ष्यको ८६.६२ प्रतिशत राजस्व संकलन

वीरगञ्ज भन्सारद्वारा लक्ष्यको ८६.६२ प्रतिशत राजस्व संकलन

वीरगञ्ज, १३ जेठ । चालू आर्थिक वर्षको दशौं महिनामा वीरगञ्ज भन्सार कार्यालयले राजस्व संकलनको निर्धारित लक्ष्य हासिल गर्न सकेको छैन । कोभिड संक्रमण र निषेधाज्ञाको प्रभावले सो भन्सारले लक्ष्य अनुसार राजस्व असुली गर्न नसकेको हो ।

वैशाख महिनामा वीरगञ्ज भन्सारले १९ अर्ब ४४ करोड राजस्व असुलीको लक्ष्य पाएकोमा १६ अर्ब ८४ करोड रुपैयाँ संकलन भएको कार्यालयको तथ्यांक छ, जुन भन्सार विभागले दिएको लक्ष्यको ८६.८६ प्रतिशत मात्र हो । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको प्रत्यक्ष प्रभाव राजस्व संकलनमा परेको भन्सार कार्यालयले बताएको छ । वीरगञ्जमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको छ ।

यसैबीच, वीरगञ्ज भन्सारबाट चालू आवकोे १० महीनामा ४ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको व्यापार भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २० प्रतिशत बढी हो । गत आवको वैशाखसमम्मा यो भन्सार हुँदै ३ खर्ब ८० अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x