१६ खर्ब ४७ अर्बको बजेट सार्वजनिक

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्बको बजेट विजियोजन गरेको छ।
चालुतर्फ संघले ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ।
यस्तै प्रदेश र स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको छ।