Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआईसी एशिया बैंकद्वारा अनलाईन मार्फत खाता खोल्ने प्रतियोगिता संचालन

एनआईसी एशिया बैंकद्वारा अनलाईन मार्फत खाता खोल्ने प्रतियोगिता संचालन

काठमाडौं, २४ जेठ । एनआईसी एशिया बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई वटा ‘अनलाइन अकाउन्ट ओपनिङ च्यालेञ्ज’ प्रतियोगिता सार्वजनिक गरेको छ ।

जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरू मध्ये सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्नुहुने दुई जनालाई जनही ५० हजार रुपैयाँ नगद जित्ने मौका रहेको बैंकले जनाएको छ।

यो प्रतियोगितामा सहभागि हुन जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ । यो प्रतियोगिता अवधिभर हरेक साता दुई÷दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक÷एक वटा स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्नुहुने एकजना भाग्यमानी ग्राहक महानुभावलाई आइफोन–१२ प्रदान गरिने योजना रहेको बैंकले जनाएको छ।

इस्तै ‘भिडियो च्यालेञ्ज’ का लागि भने युटुबमा भिडियोहरू अपलोड गर्नुहुने यूट्युबरहरुहरू यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुन सक्ने बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x