सुनको मूल्य बढेर तोलाको ९३ हजार नौ सय पुग्यो
काठमाडौं, २७ जेठ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार नौ सय रुपैयाँ कायम भएको छ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार चार सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँ छ। बुधबार चाँदीको मूल्य एक हजार तीन सय ५० रुपैयाँ थियो ।