Date

मङ्ल, बैशाख १८, २०८१
Tue, April 30, 2024

जीवन विकास लघुवित्तको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने

जीवन विकास लघुवित्तको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने

काठमाडौं, १५ असार । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने असार १५ गते (आज) अन्तिम दिन रहेको छ । लघुवित्तले असार ११ गतेदेखि १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्कासन गरेको छ ।
यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
लघुवित्तको आइपीओमा सोमबार बेलुकासम्ममा १५ गुणा बढी आवेदन परेको बताइएको छ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x