Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

आरबीबी म्युचुअल फण्ड–१ जारी

आरबीबी म्युचुअल फण्ड–१ जारी

काठमाडौं, २३ असार । आरबीबी म्युचुअल फण्ड–१ जारी भएको छ। आरबीबी म्युचुअल फण्डअन्तर्गतको इकाइहरु आजदेखि असार २७ गतेसम्म जारी गरिने छ।

अंकित मूल्य १० रुपैयाँ दरका १० करोड इकाइ जारी गरिने छ। यसमध्ये एक करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइको संख्यामा १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकलाई र २ प्रतिशत आरबीबी मर्चेन्ट बैंकिङलाई छुट्याइएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ। सर्वसाधारणले न्यूनतम १०० र अधिकतम एक करोड इकाइका लागि आवेदन दिन सक्छने जानकारी दिइएको छ।

यसको योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x