एनआईसी एशिया ग्रोथ फण्डले ३० प्रतिशत लाभांश दिने
काठमाडौं, १७ साउन । एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले ३० प्रतिशत प्रतिफल घोषणा गरेको छ । शुक्रबार बसेको क्यापिटलको संचालक समितिको बैंठकले लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
उक्त ७ बर्षे बन्दमुखी योजना २०७५ सालमा निष्कासन गरिएको थियो ।