Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

तेस्रो दिनसम्म सानिमा लाइफ इन्स्योरेन्सको आइपीओमा ५.५५ गुणा बढीको आवेदन

तेस्रो दिनसम्म सानिमा लाइफ इन्स्योरेन्सको आइपीओमा ५.५५ गुणा बढीको आवेदन

काठमाडौं, २२ साउन । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ)मा आवेदन खुल्ला भएको तेस्रो दिनमा ५.५५ गुणा बढीको आवेदन परेको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबार अपरान्ह ३ः३० बजेसम्ममा १९ लाख १८ हजार ५ सय ५७ जना सर्वसाधारण लगानीकर्ताबाट २ अर्ब ९९ करोड ८३ लाख ६२ हजार रुपैयाँ रकम बराबरको २ करोड ९९ लाख ८३ हजार ६ सय २० कित्ता शेयरको लागि आवेदन परेको छ ।

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको छ । आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् । आईपीओमा आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते आइतबार सम्म रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *