Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ओरिएण्टल इन्स्योरेन्सको बीमाशुल्क अब खल्तीबाट भुक्तानी गर्न सकिने

ओरिएण्टल इन्स्योरेन्सको बीमाशुल्क अब खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं, २७ साउन । ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क अब खल्तीबाट सिधै तिर्न सकिने भएको छ। डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको जनाइएको छ ।

यो सुविधा कार्यान्वयनमा आएसँगै अब ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमाशुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानीगर्न सकिने छ । ओरिएण्टलले नेपालमा सन् १९५६ देखि निर्जीवन बीमा सेवा दिदै आएको छ । यसको मुख्यालय भारतको राजधानी नयाँ दिल्लीमा रहेको छ।

कोरोनामहामारीको कारण धेरै उद्योगहरुले भुक्तानी संकलनगर्न समस्या झेलिरहेको बेला घरमै बसी बीमा प्रिमियम भुक्तानीगर्ने सुविधा ग्राहकहरुलाई दिन पाउँदा खल्ती डिजिटल वालेट उत्साहित रहेको मर्चांन्ट एक्युजिसनका वरिष्ठ अधिकारी सजनी महर्जनले बताइन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x