Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्से परिसूचकको उच्च विन्दु कायमै, १५ अर्ब ४१ करोड रुपैयाँको शेयर कारोबार

नेप्से परिसूचकको उच्च विन्दु कायमै, १५ अर्ब ४१ करोड रुपैयाँको शेयर कारोबार

काठमाडौं, २७ साउन । बुधबार नेप्से परिसूचक स्थिर रहेको छ । कारोबार सुरुवाल भएको केही समयमा नै करिव ३२०० विन्दु नजिक पुगेको परिसूचक फर्किएर हिजो कै विन्दुमा रोकिएको हो । गत कारोबार दिन उच्च अंकले वृद्धि भएको परिसूचक बुधबार ०.७६ अंकले वृद्धि भएर ३१६२.७६ विन्दुमा रोकिएको छ । हिजोको तुलनामा परिसूचक ०.०२ प्रतिशतले वृद्धि भएको हो ।

आज २३० वटा कम्पनीको २ करोड ७२ लाख ४९ हजार कित्ता शेयर १५ अर्ब ४१ करोड ७९ लाख रुपैयाँमा खरिद विक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये ५ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा होटल तथा पर्यटन समूह २.७८ प्रतिशत, हाइड्रोपावर समूह ३.९२ प्रतिशत, निर्जीवन बीमा समूह ०.३ प्रतशित, लघुवित्त समूह ०.१४ प्रतिशत र जीवन बीमा समूह ०.०६ प्रतिशत रहेका छन् ।

आज ५ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । १० प्रतिशतले परिसूचक वृद्धि हुनेमा आईसीएफसी फाइनान्स लिमिटेड, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रुरु जलविद्युत परियोजना लिमिटेड, जीवन विकास लिघुवित्त वित्तीय संस्था लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

सर्वाधिक मूल्यको शेयर कारोबार अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको भएको छ । यो कम्पनीको ६८ करोड ८ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । आज यो कम्पनीको शेयर मूल्य ९०३ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x