Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

६७.३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता

६७.३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता

काठमाडौं, ६ भदौ । मुलुकको ६७.३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार प्रकाशित गरेको ‘नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन’ले क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणका आधारमा उक्त तथ्यांक प्रस्तुत गरेको हो ।

प्रतिवेदनका अनुसार २०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नागरिक ६०.९ प्रतिशत रहेका थिए । कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको अध्ययनले देखाएको छ ।

प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् । प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता बागमती प्रदेशमा सबैभन्दा बढी क्रमशः २६.११, ३३.१२ र ६.४० प्रतिशत रहेको पाइएको छ ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार पुगेको छ । प्रतिवेदनका अनुसार कर्जा खाता संख्या १६ लाख ८२ हजार ८४५ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x