सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा गुप्ता
काठमाडौं, ३१ असोज। सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा नितिश गुप्ता मनोनित भएका छन् । बैंकको गत २५ गते बसेको सञ्चालक समिति बैठकले गुप्तालाई सर्वसाधारण समूहतर्फबाट सञ्चालकमा मनोनित गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेठले जानकारी दिए ।
बैंकमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक सञ्चालक पद रिक्त थियो । रित्तः ठाउँमा सञ्चालक समितिले गुप्तालाई मनोनित गरेको हो ।