प्रोग्रेशिभ फाइनान्सको न्यूरोडस्थित मुख्य शाखा खिचापोखरीमा स्थानान्तरण

काठमाडौं, २६ कात्तिक । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं २२ पाको, न्यूरोडमा रहेको मुख्य शाखा कार्यालयलाई सोही वडाको मिरा होम, खिचापोखरीमा स्थानान्तरण गरी कारोबार शुरुवात गरेको छ । स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयबाट वित्तीय संस्थाका अध्यक्ष किशोरकुमार महर्जनको उपस्थितिमा कारोबार शुभारम्भ गरिएको हो ।
उक्त अवसरमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले नयाँ क्षेत्रमा स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयले नयाँ व्यवसाय विस्तारमा ठूलो भूमिका खेल्नसक्ने सम्भावनाबारे चर्चा गर्दै आसपासका व्यवसायीहरुलाई सहज र सरल वित्तीय सेवा प्रदान गर्दै व्यवसायिक गतिविधिहरु बढाउनेतर्फ अग्रसर रहन शाखा प्रबन्धक लगायत शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिए ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले हाल १६ शाखा कार्यालय तथा ५ वटा विस्तारित काउण्टरहरु मार्फत वित्तीय सेवाहरु प्रवाह गरिरहेको छ ।