Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

१८औँ हस्तकला व्यापार मेलाको बैंकिङ पार्टनरमा नबिल बैंक

१८औँ हस्तकला व्यापार मेलाको बैंकिङ पार्टनरमा नबिल बैंक

काठमाडौं, ४ मंसिर । नबिल बैंक लिमिटेडले १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनरको रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ। नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर देखि सम्म हयात रिजेन्सी होटल काठमाडौंमा हस्तकला मेला आयोजना हुँदै छ।

नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरे। नेपाल हस्तकला महासंघसँगको सम्बन्धलाई निरन्तरता दिँदै यसवर्ष समेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको जनाएको छ।

महासंघसँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपाल अन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैकिङ्ग दृष्टिकोण अनुरुप यो साझेदारी गरिएको बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x